FAQs Complain Problems

संक्षिप्त परिचय

स्थापना: २०७३
जम्मा वडा: ५
जनसंख्या: २२,७६०
क्षेत्रफल: २९.२८ ( वर्ग कि.मी.)
समावेश गाविसहरू: देवीपुर, चन्द्रअयोध्यापुर, बर्छावा र नरहा बलकावा गाविस

परिचयः
नरहा गाउँपालिका सिराहा जिल्लामा पर्दछ । यस गाउँपालिकामा राष्ट्रिय जनगणना २०७८ मुख्य नतिजा मधेश प्रदेशको किताबमा उल्लेख भए अनुसार जम्मा परिवार  संख्या ४३७३ ,महिला ११४९६  र  पुरुष ११२६४ गरी जम्मा जनसंख्या २२७७० रहेको छ । परिवारको औषत आकार ५.२०, लैङ्गिक अनुपात ९७.९८ , वार्षिक जनसंख्या वृद्रिदर १.५५ , जनघनत्व ७७७, साक्षरता दर (५ वर्ष माथि) जम्मा ६०.८७ महिला ५२.२२ र पुरुष ६९.७८ रहेको छ । यहाँ अधिकांश हिन्दु धर्म मान्ने मानिसहरुको बसोवास रहेतापनि बिभिन्न जातजाति साथै  मधेशी, थारु, म्ुास्लिम र मरवारी भने बिभिन्न धर्म मान्ने मानिसहरुको बसोवासका साथ समावेशी समाज रहेको छ  ।  यस गाउँपालिका क्षेत्र भित्र नैनाबती र लोहडाडा खोला रहेको छ । यो गाउँपालिका सिरहा जिल्लाको सदरमुकाम सिरहाबाट १४ किलो मिटर उत्तरमा पर्दछ ।  यस  गाउँपालिकाको क्षेत्रफल २९.३ वर्ग कि.मि रहेको छ । यस गाउँपालिका नेपालको पूर्वाञ्चल बिकाश क्षेत्रको सगरमाथा  अञ्चलको दक्षिण भागमा रहेको छ र  यसको भौगोलिक अवस्था २६   ३३   —२६   ५५   उत्तर आक्षंश र ८६  ६  —८६   २६   पूर्व देशान्तर भित्र अवस्थित छ । यस गाउँपालिकाको पूर्व र उत्तरमा गोलबजार नगरपालिका, दक्षिणमा विष्णुपुर गाउँपालिका र पश्चिममा मिर्चैया र कल्याणपुर नगरपालिका पर्दछ  । यस गाउँपालिकाको शैक्षिक अवस्था हेर्दा पुरुषको तुलनामा महिलाको शिक्षाको स्तर न्यून रहेको  छ। यहाँ ....मा.वि र ... आधारभूत बिधालय रहेका छन् । यस गाउँपालिकामा अधिकांश मानिस कृषि पेशा ,पशुपालनमा आश्रित  रहेपनि कृषिको लागि उन्नत जातको बिउ तथा पशु नश्ल सुधार गरी पालन गरेको देखिदैन र परम्परागत खेति तथा पशुपालनमा मानिसहरुको ध्यान रहेको पाईन्छ । त्यसै गरी केही ब्यक्तिले सानातिना ब्यापार ब्यावसाय गरेर जिविकोपार्जन गरेको पाईन्छ भने केही मानिस सरकारी तथा गैर सरकारी निकायमा नोकरी गरेको पाइन्छ ।