FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु ।

नरहा गाउँपालिका कुन जिल्लामा पर्दछ ?

Ans:नेपालको २ न‌‍ प्रदेश अन्तर्गत पर्ने सिरहा जिल्लामा नरहा गाउँपालिका अवस्थित छ ।

गाउँपालिकाबाट प्राप्त हुने सेवा सुविधा के के हुन  ?

Ans :गाउँपालिकाबाट जन्मदर्ता,मृत्युदर्ता,बसाई सराई,समाजिक सुरक्षा प्रमाणपत्र तथा अन्य प्रमाणपत्र पाउन सकिन्छ साथै गैर सरकारी संस्था दर्ता, प्राकृतिक प्रकोप सहयता सहित अन्य सेवा सुविधा प्राप्त गर्न सकिन्छ ।

गाउँपालिकाबाट प्राप्त हुने सेवा सुविधा लिने प्रक्रिया के हो  ?

Ans. १) निवेदन दर्ता गने २) तोक लगाउने ३)सम्बन्धित शाखाले दर्ता गरी प्रमाणपत्र उपल्वध गराउने ।

कर राजश्व किन दाखिला गर्ने ?

Ans.

-राज्यबाट प्रदान गरिने सम्पुर्ण पुर्वाधारहरु सजिलै रुपमा प्राप्त गर्ने ।

-हामीले तिरेका कर हाम्रै लागी ,समृद्ध, राष्ट निर्माणको लागी भावना अनुरुप

-हामीले तिरको करले राज्यको मुख्य आयश्रोत भएकोले राज्यको आर्थिक वृद्धिमा टेवा पुर्याई दिगो विकास गर्ने

सम्पति कर दाखिला कसरी गर्ने ?

Ans.आफ्नो नाममा रहेको सम्पति विवरण फारम भरी सम्पति दाखिला गर्ने तथा घर र सम्पतिको गाउँपालिकाले अनुमानित मुल्याकंन गरे बमोजिमको कुल सम्पतिको ०.०१ प्रतिशतको दरले दाखिला गर्ने ।

के शैक्षिक प्रमाणपत्रको आधारमा जन्म मिती सच्याउन सकिन्छ ?

Ans.सकिन्छ एस.एल.सी वा एस.ई.ई.वा यिनी भन्दा माथिल्लो तहको उर्तिण भएको मितीले ६ महिना नाघेको अवस्थामा लब्धांक र चारित्रिक प्रमाणपत्रको अधारमा सच्याउन सकिन्छ ।

बाबुको ठेगाना नभएका बच्चाको आमाको नामबाट जन्म दर्ता गर्न मिल्छ ?

Ans.बाबुको ठेगाना नभएका बच्चाको जन्मदर्ता गर्ने सुचना फारममा बाबुको विवरण भर्ने महलमा ठेगाना नभएको व्यहोरा लेखी आमा सुचक बनी जन्मदर्ता गर्न मिल्छ ।

अघिल्लो आ.व.मा भत्ता लिन नपाएका व्यक्तिले चालु आ.व.मा पाउँछन कि पाउँदैन ?

Ans.पाउदैनन्,एक आर्थिक वर्षको बजेट अर्को आर्थिक बर्षको नमिल्ने अर्थात फ्रिज हुने र त्यसतो  रकम नेपाल सरकारको राजश्वमा फिर्ता दाखिला हुन्छ ।

सामाजिक सुरक्षा भत्ता पाउनको लागी कहिले कहाँ निवेदन दिनुपर्छ ?

Ans.सामाजिक सुरक्षा भत्ता पाउनको लागी जेष्ठ नागरिकहरुले हरेक आ.व.को श्रावण देखि मंशिर १५ सम्म सम्वन्धित वडा कार्यालय वा गाउँपालिकामा निवेदन दिनु पर्छ ।तर अन्य जस्तै एकल महिला ,बिधवा,अपा∙ता भएका व्यक्तिहरु तथा दलित बालबालिकाको हकमा जहिले सुकै निवेदन दिन सकिन्छ ।

धरौटि फिर्ता सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?

धरौटि फिर्ता सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :

  • व्यहोरा सहितको निवेदन
  • योजना तथा अनुगमन शाखाप्रमुखको सिफारिस
  • कार्यालय प्रमुखको तोक आदेश
  • निवेदन दर्ता
  • धरौटी फिर्ताको निर्णय

जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?

जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :

  • जन्मको अनुसूची–२ (नियम ५ संग सम्बन्धित) बमोजिमको
    सूचना फाराम (भरेको हुनुपर्ने)
  • आमा/बाबुको विवाहदर्ताको प्रतिलिपि
  • आमा/बाबुको नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
  • सूचकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • कर्मचारीको छोराछोरीको हकमा सम्बन्धित कार्यालयको
    सिफारिस
  • आमा-बाबु बसाई सराई भै आएको भए सोको प्रतिलिपि
  • अस्पतालमा जन्मिएको भए सोको प्रमाणको प्रतिलिपि
  • वडाको किटानी सिफारिस
  • दस्तुर न.पा.को नियमानुसार
  • माथि उल्लेखित प्रक्रिया पुरा भएपछि अनुसूची–१२
    अनुसारको प्रमाण–पत्र उपलब्ध गराईनेछ

नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन ?

  • प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी
  • सनाखत गर्नजाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खोलिएको)
  • जन्म दर्ता
  • शैक्षिक योग्यताको प्रमाण–पत्रविवाह दर्ता, बसाईसराई दर्ता
  • अस्थायी निस्सा