राष्ट्रपति शैक्षिक सूधार कार्यक्रम अन्तर्गत श्री आधारभूत विद्यालय नरहा गाउँपालिका १ गौराहामा २कोठे भवनकाे आज मिति २०७९/०६/०७ गते शुक्रबारका दिन भवन निर्माणको लागि पूर्व कानून न्याय तथा संसदीय मामिला मन्त्री माननीय लिलानाथ श्रेष्ठ ज्युकाे प्रमुख अतिथि र नरहा गाउँपालिका अध्यक्ष रामप्रमाेद यादव , उपाध्यक्ष गुलाबदेवी चाैधरी ज्युकाे विशिष्ट अतिथिमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रकान्त ज्युकाे अध्यक्षतामा गाउँपालिकाका जनप्रतिनिधिहरु र अग्रज समाजसेवीहरुको आथित्यमा भवनको शिलान्यास सु-सम्पन्न भयाे ।